
पाल्पा । हिन्दू नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावली (तिहार) को अवसरमा होटल पौवा पाल्पाले ‘देउसी भैलो साँझ’ आयोजना गर्ने भएको छ ।
आगामी लक्ष्मीपूजाका दिन अर्थात् कार्तिक २२ गते आइतबार साँझ ७ बजेदेखि होटल पौवा तानसेनको प्राङ्गणमा स्थानीय आमन्त्रित कलाकारहरूको साथमा देउसी भैलो साँझ सञ्चालन गरिने होटल पौवा पाल्पाका लेखापाल सञ्जु कार्कीले जानकारी दिनुभयो।
मौलिक परम्परा, कला र संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले विगतका वर्षहरूदेखि नै विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको होटल पौवाले यस वर्ष पनि तिहारको अवसरमा सांस्कृतिक रौनक थप्न यो कार्यक्रम आयोजना गर्न लागेको हो । लेखापाल कार्कीले सम्पूर्ण ग्राहक, स्थानीयवासी तथा शुभचिन्तकहरूलाई सो अवसरमा उपस्थित भई देउसी भैलोको आनन्द लिन र संस्कृतिको संरक्षणमा सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको बताउनुभयो ।







