नर्मदेश्वर शिवालय धामको अध्यक्षमा पुनः बोहोरा

पाल्पा । नर्मदेश्वर शिवालय धाम तानसेन–५, ढाँणकुटि शिवालयको एघारौं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः रमेश बहादुर बोहोराको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ गठित समितिको उपाध्यक्षमा रामबहादुर खाती, सचिवमा तुलबहादुर रावल, सहसचिवमा टोपबहादुर रावल र कोषाध्यक्षमा नगेन्द्र कुँवर निर्वाचित हुनुभएको छ । त्यसैगरी संस्थाको आर्थिक पारदर्शिता र सुशासन कायम राख्न विनोद घिमिरेको संयोजकत्वमा तीन सदस्यीय लेखा समितिसमेत गठन गरिएको छ ।

कार्यक्रममा तानसेन नगरपालिकाकी नगर उपप्रमुख प्रतीक्षा सिंजालीले पछिल्लो समय विदेशी संस्कृतिहरू तीव्र रूपमा भित्रिरहेको अवस्थामा आफ्ना मौलिक संस्कृतिको संरक्षण गर्नु अपरिहार्य रहेको बताउनुभयो । उहाँले शिवालय आश्रम धाममै बसेर स्थानीय भजन तथा चुड्का गाउँदा र नाच्दा मनोरञ्जन हुनुका साथै धर्मको रक्षा हुने र मनलाई शान्त एवम् खुसी राख्न मद्दत पुग्ने उल्लेख गर्नुभयो । लोप हुन लागेका यस्ता मौलिक संस्कृतिको जगेर्ना र संवद्र्धनका लागि तानसेन नगरपालिकाले आवश्यकता अनुसार सहयोग गर्ने उपप्रमुख सिंजालीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अधिवेशनको अवसरमा धार्मिक तथा सामाजिक योगदान पु¥याउने अक्षयकोष दाताहरू शमशेर बोहरा, मिना खड्का, विष्णुकुमारी रावल र निराकुमारी खनाललाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा आर्थिक समितिका कोषाध्यक्ष नगेन्द्र कुँवरले दश लाख रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रमका तानसेन नगरपालिका कार्यपालिका सदस्य लक्ष्मी विक, आर्थिक समिति संयोजक बाबुराम बोहोरा, सल्लाहकार दिनेश रावल, पूर्व अध्यक्ष बुद्धबहादुर रावल तथा विद्या रायमाझीलगायतले संस्थाको प्रगति र नवनिर्वाचित कार्यसमिलिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । सभा धामका अध्यक्ष रमेशबहादुर बोहराको अध्यक्षता र सचिव तुलबहादुर रावलले सञ्चालनमा चलेको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय