लायन्स क्लब अफ पाल्पा रानीमहलको राहत हस्तान्तरण

पाल्पा । बाढी प्रभावितहरूका लागि लायन्स क्लब अफ पाल्पा रानीमहलले राहत सामग्री सहयोग गरेको छ। क्लबले कुल एक लाख छत्तीस हजार पाँच सय पचपन्न बराबरको नगद तथा खाद्यान्न, सरसफाइ सामग्री , कपडा बाढी प्रभावित क्षेत्रमा वितरणका लागि हस्तान्तरण गरेको हो।

बुटवलस्थित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी को सचिवालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त राहत सामग्री हस्तान्तरण गरिएको हो। क्लबका तर्फबाट ५१ हजार ५५५ नगद र ८५ हजार मूल्य बराबरका सामग्रीहरू डिस्ट्रिक्टका गभर्नर सन्दीप कसौधनलाई प्रत्यक्ष रूपमा बुझाइएको छ।

हस्तान्तरित सामग्रीहरूलाई प्रभावितहरूकै पहुँचसम्म पु¥याउने जिम्मेवारी डिस्ट्रिक्ट ३२५ पी ले लिएको लायन्स क्लब अफ पाल्पा रानीमहलका अध्यक्ष करुणा काफ्लेले जानकारी दिनुभयो। “बाढीपहिरोका कारण समस्यामा परेका नागरिकहरूसम्म वास्तविक र आवश्यक सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले डिस्ट्रिक्टमार्फत राहत हस्तान्तरण गरेका हौँ,“ अध्यक्ष काफ्लेले भन्नुभयो।

राहत सामग्री ग्रहण गर्दै गभर्नर कसौधनले पाल्पा रानीमहलको यो मानवीय प्रयासको प्रशंसा गर्दै संकलित नगद ,फ खाद्यान्न तथा अन्य सामग्रीहरू तुरुन्तै सम्बन्धित बाढी प्रभावित क्षेत्रमा पु¥याएर वितरण गरिने प्रतिबद्धता जनाउनुभयो।

सामाजिक उत्तरदायित्व बहन गर्दै आयोजना गरिएको यस राहत हस्तान्तरण कार्यक्रमले बाढीपीडित परिवारलाई तत्कालका लागि ठूलो राहत पुग्ने विश्वास लिइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय