मिलिनियम स्कुलमा जलेकी बानुको उपचारको क्रममा मृत्यु

पाल्पा । मिलेनियम माध्यमिक विद्यालय तानसेन–४ पाल्पाको भान्सा कोठामा ग्यास लिक भई आगलागी हुँदा जलेकी साजुदा बानुको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ ।

साउन ७ गते विहीबार स्कुलमा दिउँसो करिब १२ बजे विद्यार्थीले खाजा खाने क्रममा ग्यासको पाइप फुस्किएर भएको आगलागीमा परी घाइते बानुलाई युनाइटेड मिसन अस्पताल, पाल्पामा प्राथमिक उपचार गरी हेलिकोप्टरबाट काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको बुधबार उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

घाइते ८ वर्षीया विद्यार्थी बानुको अनुहार, दुबै हात, छातीको दाहिने भाग, कम्मर देखि पैताला सम्मको खुट्टाको भाग गरी करिब ३५ प्रतिशत शरीरको भाग जलेको चिकित्सक जनाएका थिए ।

ग्यासको पाइप फुस्किएर आगलागी हुन्दा एलकेजीमा पढ्ने अन्य ३ विद्यार्थी सामान्य घाइते भएका थिए । उनीहरुको सामान्य उपचारपछि घर फर्केका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय