मुग्लिन–नारायणगढ सडकखण्डमा ढुंगा खस्यो, एकतर्फी यातायात सञ्चालन

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुलमाथिबाट ढुंगा खसेपछि उक्त क्षेत्रमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन गरिएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार नयाँ पुलमाथिबाट ढुंगा खसेर सडक अवरुद्ध भएपछि सवारीसाधनलाई हाल पुरानो पुल प्रयोग गरी एकतर्फी रूपमा सञ्चालन गरिएको छ।

सडकमा खसेका ढुंगा हटाउन सडक डिभिजन कार्यालयले आवश्यक उपकरण तथा प्राविधिक टोली परिचालन गरिसकेको जनाएको छ। थप ढुंगा नखसेको अवस्थामा करिब १ देखि २ घण्टाभित्र सडकलाई पुनः दुईतर्फी सञ्चालनमा ल्याउने लक्ष्य रहेको कार्यालयले जनाएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन, ट्राफिक व्यवस्थापनमा सहयोग गर्न तथा पुरानो पुलमार्फत सुरक्षित रूपमा यात्रा गर्न अनुरोध गरेको छ।

सडक खुलाउने कार्य तीव्र गतिमा भइरहेको र अवस्था सामान्य भएपछि नियमित रूपमा दुवैतर्फ सवारी सञ्चालन गरिने जनाइएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय