निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प–१ मा ल्याइने

काठमाडौं, साउन १७ – पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ब्रड पिक क्षेत्रमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा सहितका आरोहीहरूको शव आज क्याम्प–१ सम्म ल्याउने तयारी गरिएको छ।

उद्धार अभियानमा संलग्न ग्राउन्ड टिमका अनुसार पहिलो चरणमा हिमपहिरोमा निधन भएका आरोहीहरूको शव क्याम्प–१ सम्म झारिनेछ। त्यसपछि सोमबार शवहरूलाई जापानी क्याम्प सम्म पुर्‍याउने योजना रहेको छ।

टोलीका अनुसार मौसम र हिमालको अवस्था अनुकूल रहेमा जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली तथा शवहरूलाई थप सुरक्षित स्थानमा सारिनेछ। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी दिवंगत आरोहीहरूको शव सम्मानपूर्वक स्वदेश फर्काइने तयारी गरिएको छ।

गत बिहीबार (साउन १४) पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक मा गएको भीषण हिमपहिरोमा निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता भएका थिए। तीमध्ये ६ जना नेपाली पर्वतारोही थिए। पुर्जाको निधन भएको पुष्टि शनिबार भएको हो।

निर्मल पुर्जा उक्त आरोहण टोलीका नेता थिए। उद्धार टोलीले बाँकी आरोहीहरूको अवस्थाबारे खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय