राजविराजका विभिन्न क्षेत्रमा अर्को आदेश नभएसम्म अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार सूचना जारी गर्दै जिल्लाको शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार कर्फ्यु क्षेत्रको सीमाना पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जुडनी–ढलही, उत्तरमा रूपनी रोडको बसबिट्टी चोक तथा दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका सीमा) सम्म निर्धारण गरिएको छ।

प्रशासनले कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा सर्वसाधारणलाई आवतजावत नगर्न तथा सुरक्षा निकायको निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ। स्थिति सामान्य भएपछि कर्फ्यु सम्बन्धी थप निर्णय सार्वजनिक गरिने प्रशासनले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय