१५ दिने स्कुटर प्रशिक्षण सम्पन्न

पाल्पा । रिब्दीकोट गाउँपालिका २ नं. वडामा संचालित १५ दिने स्कुटर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०८२।८३ को स्वीकृत महिला लक्षित कार्यक्रम अन्तर्गत महिलाहरुका लागि प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले महिलाहरू आत्मनिर्भर र सक्षम नभएसम्म समाजको वास्तविक विकास असम्भव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आजको युगमा स्कुटर वा अन्य सवारी साधन चलाउन जान्नु केवल फेसन वा मनोरञ्जनको विषय मात्र होइन, यो दैनिक जीवनलाई सहज बनाउने र समयको बचत गर्ने एउटा आवश्यक सीप हो । गाउँपालिकाले महिलाहरूको क्षमता विकासका लागि यस्ता व्यावहारिक कार्यक्रमहरूलाई सधैँ प्राथमिकतामा राख्दै आएको छ र आगामी दिनमा पनि निरन्तरता दिनेछ।“ ।

कार्यक्रममा कार्यपालिका सदस्य मिरा रानाले तालिम सम्पन्न गरेकोमा सहभागीहरूलाई बधाई दिँदै गाउँपालिका र वडा कार्यालयको यो प्रयास सराहनीय रहेको उल्लेख गर्नुभयो । उहाँले महिलाहरू घरको चौघेराबाट बाहिर निस्केर सीप सिक्न उत्सुक हुनु नै परिवर्तनको ठूलो संकेत भएको धारणा राख्नुभयो । यस्तै, प्रशिक्षणमा सहभागी महिलाहरूले १५ दिनको छोटो अवधिमै आफूहरूमा स्कुटर चलाउन सक्ने आत्मविश्वास पैदा भएको बताए । उनीहरुले सुरुमा स्कुटर समात्न र सन्तुलन मिलाउन निकै डर लागेको थियो, तर प्रशिक्षकको सहज सिकाइ र साथीहरूको हौसलाले गर्दा अहिले निर्धक्क भएर स्कुटर चलाउन सक्ने भएको बताए ।

कार्यक्रम समापनमा २ नं. वडाका वडाध्यक्ष ओम प्रसाद पोखरेलले सीमित स्रोत र साधनका बाबजुद पनि लक्षित वर्गसम्म बजेट पु¥याएर प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम सञ्चालन गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “वडाले महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो । १५ जना सहभागीहरूले सफलतापूर्वक प्रशिक्षण पूरा गर्नु हाम्रो लागि पनि ठूलो उपलब्धि रहेको अध्यक्ष पोखरेलको भनाइ थियो । बजेटको सही सदुपयोग गर्दै आगामी दिनमा पनि स्थानीय आवश्यकता र मागका आधारमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता उहान्ले व्यक्त गर्नुभयो ।
(मिति २०८३ साउन ७ गते विहीबार करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित समाचार)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय