रम्भामा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता

पाल्पा । रम्भा गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा लाङघाली प्रगतिशील क्लब रम्भा–२, माथिल्लो झोकेदी फोक्सिङकोटमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा रामपुर नगरपालिका – १० गेझा प्रथम, पूर्वखोला –६ हेक्कलाङ्ग दोस्रो तथा रम्भा–२, फोक्सिङकोट तेस्रो र रम्भा ५ ताहुँ सान्त्वना भएका छन् ।

तीन दिनेसम्म सञ्चालन भएको प्रतियोगितामा विजयी खेलाडीलाई लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री खेमबहादुर सारू तथा रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भयो । विजयी समूहहरुले क्रमशः प्रथमले नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रो हुनेले २० हजार मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । १४ समूहले भाग लिएको प्रतियोगिताको समापन कार्यक्रममा पूर्व मन्त्री सारूले खेलकुदले शारीरिक, सामाजिक, आर्थिक विकास संगै व्यक्तित्व विकासमा योगदान पुग्ने बताउनुभयो । उहाँले व्यवसायिक खेलाडी बन्न आग्रह गर्दै खेललाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । प्रतियोगितामा माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, वडा नम्बर ५ का वडा अध्यक्ष खुमाकान्त बश्याल, २ नम्बर वडाका वडा अध्यक्ष चेतबहादुर सुनारी, कार्यपालिका सदस्य सरस्वती बिकलगायतले अनुशासित खेलकुद मार्फत सामाजिक एकता र व्यक्तित्व विकासमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा चर्चित खेलाडी हिमाल सुनारी तथा भिम बहादुर गाहालाई दोसल्ला, प्रमाणपत्र र मायाको चिनो दिएर सम्मान गरिएको थियो । खेलकुदमा उत्कृष्ट खेलाडी, रेफ्री, र सहयोगी सस्थाहरुलाई प्रमाणपत्र, नगद र ट्रफिले सम्मान गरिएको थियो ।

कार्यक्रममा रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारी,उपाध्यक्ष राधाकुमारि श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुनको विशेष उपस्थिति थियो । कार्यक्रमको बिचबीचमा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन सचिव नारायण मश्राङी तथा खेल संयोजक सुनिल मश्राङ्गीको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय