पाल्पा प्याब्सनद्वारा १२१ उत्कृष्ट विद्यार्थी सम्मानित

पाल्पा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल (प्याब्सन) पाल्पाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने जिल्लाका संस्थागत विद्यालयका विद्यार्थी तथा उत्कृष्ट विद्यालयहरूलाई सम्मान गरेका छ ।

आइतबार आयोजित कार्यक्रममा एसईई २०८२ मा ३.६० भन्दा माथि जिपीए प्राप्त गर्ने एक सय २१ जना जेहेन्दार विद्यार्थीहरूलाई प्रशंसापत्र र पुरस्कारसहित सम्मान गरिएको हो । साथै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयहरूलाई पनि शैक्षिक योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरियो हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले पाल्पाको शैक्षिक शाखलाई उच्च राख्न संस्थागत विद्यालयहरूले पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई दिँर्दै आफूले सिकेको ज्ञान तथा प्राप्त गरेको उच्च अंकलाई केवल व्यक्तिगत स्वार्थमा मात्र सीमित नराखी समाज र राष्ट्रको हितमा उपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका शिक्षा विकास तथा समन्वय ईकाई पाल्पाका प्रमुख प्रेमराज खरेलले संस्थागत विद्यालयको शैक्षिक प्रणालीको प्रशंसा गर्दै संस्थागत विद्यालयहरूको व्यवस्थित र गुणस्तरीय शैक्षिक व्यवस्थापनकै कारण जिल्लाको समग्र नतिजा उत्साहजनक आउन सफल भएको बताउनुभयो ।

प्याब्सन पाल्पाका अध्यक्ष डाँसुराम पन्तको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका विभिन्न संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, सम्मानित विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष पन्तले प्याब्सन पाल्पा सदैव विद्यार्थीहरूको चौतर्फी विकास र गुणस्तरीय शिक्षा सुनिश्चित गर्नका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता प्रोत्साहनमूलक कार्यहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको सचिव गंगाबहादुर खत्रीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय