निस्दीको वडातहमै सार्वजनिक सुनुवाइ

पाल्पा । निस्दी गाउँपालिकाले सबै वडामा पुगेर सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वडा र पालिकाबाट चालु आर्थिक वर्षको हालसम्म भएका गतिविधिबारे आमनागरिकलाई प्रत्यक्ष जानकारी गराउने तथा आगामी कामलाई थप प्रभावकारी बनाउन सुझाव संकलन गर्ने उद्देश्यले वडातहमै पुगेर कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

वडास्तरमै गरिएको सार्वजनिक सुनुवाइले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाएको छ । यसमार्फत जनताले स्थानीय सरकारको कामकारबाहीबारे स्पष्ट जानकारी पाएका छन् भने कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीबारे प्रत्यक्ष संवाद गर्ने अवसर पनि प्राप्त भएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । उहाँले जसले गर्दा सेवा प्रवाह सुधार, पारदर्शिता अभिवृद्धि र जवाफदेहिता कायम गर्न मद्दत पु¥याएको उहाँको भनाइ छ ।
गाउँपालिका अध्यक्ष सारुले सार्वजनिक सुनुवाइले स्थानीय सरकारलाई जनताप्रति थप उत्तरदायी बनाएको बताउनुभयो । उहाँले नागरिकका गुनासा र सुझावलाई नीतिगत सुधार तथा विकास योजनामा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष तीरणकुमारी श्रेष्ठले वडातहमै पुगेर गरिएको सुनुवाइले वास्तविक समस्या पहिचान गर्न सहज भएको र समाधानमुखी काम गर्न मद्दत पुगेको धारणा व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरेले स्थानीय तहको गतिविधिमा पारदर्शिता कायम गर्दै नागरिक सहभागिता बढाउन वडामै सार्वजनिक सुनुवाइ गरिएको बताउनुभयो । उहाँका अनुसार सार्वजनिक सुनुवाइले सेवा प्रवाहमा देखिएका कमजोरी सुधार गर्दै सुशासन प्रवद्र्धन गर्न टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

वडाध्यक्षहरूले वडास्तरमा भएका विकास निर्माण, सेवा प्रवाह र बजेट कार्यान्वयनबारे जानकारी गराउँदै नागरिकबाट प्राप्त सुझावलाई आगामी योजनामा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । नागरिक र स्थानीय तहबीच प्रत्यक्ष संवादको वातावरण वडामै सिर्जना गर्दै पारदर्शिता, जवाफदेहिता र सुशासनलाई मजबुत बनाउने काम गरेकोमा स्थानीबासी खुसी भएका छन् । करुवा पत्रिकामा समाचार प्रकाशित छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय