तिन्टीआँपको कृषि मेला प्रदर्शनी आइतबार हुने

पाल्पा । तानसेन ९ तिन्टीआँपमा आज अर्थात शनिबारका लागि आयोजना गरिएको कृषि मेला प्रदर्शनी २०८२ भोली आइतबारका लागि सारिएको छ । मौसमी प्रतिकूलताका कारण आज चैत ७ गतेका लागि तय गरिएको कार्यक्रम स्थगित गरी चैत्र ८ गते आइतबारका लागि सारिएको हो ।

मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना र तानसेन नगरपालिका ९ नं. वडा कार्यालयद्वारा प्रवर्धन गर्न लागिएको कृषि मेला प्रदर्शनी २०८२ को तयारी पूरा भएपनि पानी परेका कारण सार्नु परेको वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज साँझदेखि मौसम सुधार हुँदै जाने सम्भावना रहेको हुँदा कार्यक्रम भोलि चैत ८ गते (आइतबार) सञ्चालन गर्ने निश्कर्षमा पुगेको व्मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष घनश्याम घिमिरेले बताउनुभयो । उहाँले यसबाट पर्न गएको असुविधाप्रति आयोजक क्षमाप्रार्थी रहेको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय