निस्दीका प्रधानाध्यापकहरुको बैठक रानीबासमा

पाल्पा । निस्दी गाउँपालिकाका विद्यालयहरुका प्रधानाध्यापकहरुको नियमित मासिक बैठक रम्भा गाउँपालिका वडा नम्बर–२, को रानीबासमा सम्पन्न भएको छ । आन्तरिक पर्यटनलाई वृद्धि र विकास गर्नका लागि पाल्पा जिल्लाको फोक्सिङ्गकोटमा सञ्चालन भएको रानीबास होमस्टेको जनजाति संग्रहालयमा बैठक बसेको गाउँपालिका शिक्षा संयोजक नर बहादुर थापाले बताउनुभएको छ ।

जम्मा ५१ वटा विद्यालय रहेको निस्दीका प्रधानाध्यापकहरुको बैठकले यस शैक्षिक सत्रमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा, आधारभूत तह उत्तीर्ण परीक्षा र कक्षा ३ र ५ को शैक्षिक उपलब्धि परीक्षा सञ्चालन र नतिजा प्रकाशन बारे महत्वपूर्ण निर्णय गरेको छ । साथै बैठकले वार्षिक परीक्षाको नतिजा प्रकाशन आगामी चैत्र २९ गते गर्ने र वार्षिक शैक्षिक क्यालेन्डर निर्माण गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा गाउँपालिका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले निस्दीले शैक्षिक विकासमा प्रधानाध्यापकहरुको जिम्मेवारी महत्वपूर्ण रहने भएकोले सफल विद्यालय बन्न कार्ययोजना निर्माण गरी कार्य सम्पादन गर्न सुझाव दिनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले निस्दीले शैक्षिक विकासका लागि शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रमहरु अघि सारेको बताउनुभयो

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय