पाल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवबहादुर थापा विजयी हुनुभएको छ । थापाले २६ हजार ७३६ मत ल्याएर विजयी हुनुभएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठले १२ हजार १९२ प्राप्त गर्नुभएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरेले १० हजार ५०३ र नेकपाका सोमप्रसाद पाण्डेयले ५ हजार २ सय ८८ मत प्राप्त गर्नुभएको छ ।







