पाल्पा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका राना विजयी

पाल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना विजयी हुनुभएको छ । रानाले १८ हजार ३३६ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँलाई औपचारिक रुपमा विजयी घोषणा गर्न बाँकी नै रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । रानाको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले १६ हजार ८१९ प्राप्त गर्नुभएको छ ।

यस्तै रास्वपाका विमल पन्तले १४ हजार ३३३ र नेकपाका हुमबहादु सुनारी मगरले नौ सय ५१ मत प्राप्त गर्नुभएको छ । अहिले मतगणनास्थल रामपुर नगरपालिका परिसरमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासहित शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको छ । विजयी रानालाई सामाजिक संजाल र भेटेर बधाई तथा शुभाकामना व्यक्त गरिरहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय