एमाले उम्मेदवार आचार्यलाई पितृशोक

पाल्पा — पाल्पा क्षेत्र नम्बर १ का नेकपा एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणप्रसाद आचार्यलाई पितृशोक परेको छ । आचार्यका पिता दिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा आइतबार बुटवलमा निधन भएको हो ।

स्वर्गीय आचार्यका चार छोरा र ३ छोरी छन् । स्वर्गीय आचार्यको जन्म १९९० कात्तिक २६ भएको थियो । उहाँको अन्तिम दाससंस्कार कालीगण्डकी नदी, रामनदीधाममा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

उम्मेदवार आचार्य आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त रहेकै समयमा पिता आचार्य निधन भएको हो । उम्मेदवार आचार्य पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट २०७९ सालमा पहिलो पटक प्रतिनिधिसभा सदस्यका निर्वाचत हुनुभएको थियो । पूरा समय काम गर्न नपाएको र आफूले सुरु गरेका विकासका कामलाई पूर्णता दिन फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएर मतदात समक्ष चुनावी अभियानमा रहनुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय