मतदाताको आँगनमा गैरे : कानुन परिमार्जन र विकासको एजेण्डा

पाल्पा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा क्षेत्र नं. २ का नेकपा एमाले उम्मेदवार ठाकुरप्रसाद गैरेले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउनुभएको छ । उम्मेदवार गैरे यतिबेला “घरदैलो अभियान“ अन्तर्गत मतदाताको सुझाव संकलन र विजयको आशीर्वाद लिन व्यस्त हुनुहुन्छ ।

यसै क्रममा, उम्मेदवार गैरेले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न विभिन्न वडाका टाेल क्षेत्रमा पुगेर मतदाताहरूसँग साक्षात्कार गर्नुभएको छ । स्थानीयसँगको भेटमा उहाँले यस क्षेत्रको भौतिक पूर्वाधार, विशेषगरी सडक सञ्जालको स्तरोन्नति, आधुनिक कृषि प्रणाली, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच पु¥याउन नतिजामुखी पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । युवा स्वरोजगार र खेलकुद विकासका योजनाहरूलाई पनि उहाँले आफ्नो प्राथमिकतामा राखेर चुनावी मैदानमा होमिएको बताउनुभएको छ ।

मस्यामका मतदाताहरूसँग कुरा गर्दै गैरेले केवल भौतिक विकास मात्र नभई ऐन–कानुनको जटिलताले नागरिकको दैनिक जीवनमा पारेको असरलाई हटाउन आफूले विशेष भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकको दैनिकीलाई सहज बनाउन र समयसापेक्ष नागरिकमैत्री ऐन निर्माणका लागि छोटो समय भएपनि पहिला पनि संसद्मा सशक्त आवाज उठाएको स्मरण गराउदै अबपनि उठाउनेछु ।“ निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार गैरेले हरेक बस्ती र टोलमा पुगेर जनमत आफ्नो पक्षमा पार्ने कामलाई तीव्रता दिनुभएको छ । मतदाताले उहाँलाई विजयीको शुभकामना दिँदै विकास र समृद्धिको काममा सहजीकरण गर्दै सडकका कुरा सदनमा उठान गरी नागरिकमैत्री कानुन निर्माणमा भूमिका खेल्न आग्रहसमेत गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय