
पाल्पा । नेकपाका केन्द्रीय प्रतिनिधि एवम् साविक दोभान गाविसका जनसरकार प्रमुख भुवन जिसी एमालेमा प्रवेश गर्नुभएको छ । उहाँलाई एमालेका उम्मेदवारहरु ठाकुरप्रसाद गैरे र ओमबहादुर घर्तिमगरले स्वागत गर्नुभएको हो । नवप्रवेशी जि.सीले नेकपा एमाले राष्ट्रवादी शक्ति रहेकोले आफूले एमाले रोजेको बताउनुभयो ।
यसका साथै नेकपा एमाले, तिनाउ, पाल्पाले चुनावी प्रचारप्रसार र मतदाता भेटघाटका लागि घरदैलो अभियानलाई तीव्रता दिएको जनाएको छ । तिनाउको वडा न.१,२ र ३ का कचलफाँट, झिंगामारा,ठूलीढदाङ, बुटीकोट, ओखलढुंगा,ताल,डोल,लामाचौपारी, झुम्सा,बेरुवा र चौकीभञ्ज्याङ्गमा कोणसभा एवम् घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ ।
कार्यक्रममा पाल्पा क्षेत्र नं. २ का प्रत्यक्षतर्फका उम्मेदवार ठाकुर गैरे, समानुपातिक उम्मेदवार ओमबहादुर घर्तिमगर,प्रदेश कमिटी सदस्य दलबहादुर गुरुङ,जिल्ला कमिटी सदस्य पिएस श्रेष्ठ, सावित्रा गुरुङ,गाउँ कमिटी अध्यक्ष रोमबहादुर लम्तरी,सचिव विकास अर्याल,लक्ष्मण कुमाललगायतले नेकपा एमालेलाई पुनः विजयी गराउन मतदाताहरुसँग अनुरोध गरेका छन् ।








