बसाइँसराई रोकेर युवा उद्यमशीलताको विकास गर्न पहल गर्नेछु : पाण्डेय

पाल्पा । नेपाली कम्युनिस्ट पार्टीको तर्फबट पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले बसाइँसराई रोकेर गाउँमै उद्यमशीलताको विकासका योजना ल्याउनुपर्ने बताएका छन् ।

चुनावी अभियानलाई तीव्रता दिएका उममेद्वार पाण्डेयले युवालाई उद्यमसंग जोडेर आर्थिक समृद्धि ल्याउनु अबको आवश्यकता रहेको उल्लेख गरे । बुधबार रिब्दीकोट गाउँपालिका भित्रका विभिन्न वडामा मतदातासंग घरदैलोमा जुटेका उम्मेद्वार पाण्डेयले बसाइसराई रोक्ने योजना अघि सारेर आर्थिक उपार्जनका कामहरु गर्नुपर्ने बताए ।

पूर्व उद्योग मन्त्री समेत रहेको नेता पाण्डेयले लघुउद्यम र स्थानीय उत्पादनको विविधिकरणका योजना अघि सारेर गाउँमै रोजगारीको वातावरण तय गर्ने बताए । उनले भने, “म कृषि र पर्यटनमार्फत पाल्पाको विकास र आर्थिक समृद्धिको खाका कोर्ने संकल्पकासाथ अघि बढेको छु । मैले चुनावी प्रतिबद्धतामा पनि यी कुरा समावेश गरेको छु।“ नेता पाण्डेयले थपे, –“रिब्दीकोट र रैनादेवीमा उत्पादन भएका सुन्तला, कागली, खुर्सानी, अदुवा बेसारलगायतको गाउँमै प्रसोधन गरेर विदेश निर्यातको योजना मिलाउने छौं । जसबाट रोजगारीका लागि गाउँ छाड्नुपर्ने बाध्यताको अन्त्य र आर्थिक उपार्जन हुनेछ ।“

युवालाई गाउँमै टिकाउन पर्यटन पूर्वाधार र रोजगारीसंग जोडेर अघि बढ्ने उनले बताए । नेता पाण्डेयले आफू उम्मेद्वार बनेर जनसमुदायका पुग्दा जनस्तरबाट पाएको हौसलाले निर्वाचनमा विजयी हुने दावी गरे । विगतमा गरेका विकास र समृद्धिका लागि खोकिएका खाकाहरुलाई मूर्त रुप दिनका लागि निर्वाचनमा होमिएको निर्वाचन क्षेत्रका सबै मतदाताले बहुमतका साथ विजयी गराउनेमा आफू ढुक्क रहेको नेता पाण्डेयले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय