
पाल्पा । पाल्पा—२ का नेपाली कांग्रेसका उम्मेद्धार हिमालदत्त श्रेष्ठ बिद्यार्थी तथा नबयुवा माझ लोकप्रिय बन्नुभएको छ ।
उहाँको सक्रियता तथा निर्वाचनको समयमा जनताको घरदैलोसम्म पुग्ने र सुझाब सल्लाह लिने कामको निरन्तर लगाब र मेहनत लोभलाग्दो रहेको छ । युवा उमेरमै राजनीति तथा समाजसेवालाई मुल धर्म बनाएर लाग्नुभएका श्रेष्ठले प्रतिनिधिसभा सदस्य बनेर जनताको सेवाको भावलाई उच्च प्राथमिकताका साथ काम गर्ने संकल्प गर्नुभएको छ ।
जेनजी आन्दोलनको भावना अनुसार युबा उम्मेदवार पाउँदा पाल्पाका युबा मतदाता झनै उत्साही भएको घरदैलोको क्रममा पाइएको उम्मेदवार श्रेष्ठले बताउनुभयो । उहाँ अहिले माथागढीको चिदिपानी, बगनासकालीको चापपानी, चिर्तुङघारा लगायतका स्थानमा घरदैलोमा व्यस्त हुनुहुन्छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा पाल्पामा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । नेपाली काँग्रेसको रूपान्तरण अभियानसँगै पाल्पाको क्षेत्र नम्बर १ मा ३८ बर्षका सन्दिप राना र क्षेत्र नम्बर २ मा ४५ बर्षका श्रेष्ठको उमेद्वारीले कार्यकर्ता तथा समर्थकमा नयाँ ऊर्जा थपेको छ ।








