
पाल्पा । नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर २ का उम्मेद्धार हिमालदत्त श्रेष्ठले नयाँ संकल्प र भिजन सहित आएको नेपाली कांग्रसलाई रुख चिन्हमा मतदान गर्न आम नागरिकलाई आग्रह गर्नुभएको छ ।
उम्मेद्धार श्रेष्ठले चुनाबी प्रचार प्रसारको क्रममा पाल्पाको बगनासकाली यम्घा,दर्लमडाँडा लगायतका स्थानीय मतदाताको घरघरमा पुगेर कांग्रेसले लिएका दश भिजन सहित गगन थापाको सरकारले काम गर्ने भएकाले रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले बगनासकालीका मतदाताहरु समक्ष कांग्रेसले सक्ने कामको मात्र आश्वासन दिने र ती काम पुरा गरेरै छाड्ने बिश्वास दिलाउनुभयो ।
उम्मेद्धार श्रेष्ठले बगनासकाली बिकासमा पछाडी परेको उल्लेख गर्दै यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी,बिकासका सन्दर्भमा निति निमार्ण तहमा पुगेर निति निमार्णसंगै बिकासका लागि पहल गर्ने बताउनुभयो । उहाँले जेनजीको भावना अनुसार सच्चिएर आएको कांग्रेसलाई मतदान गरि बिजयी गराउन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापती बीर बहादुर रानाले जनताको सुखदुखमा भारी बोक्न कांग्रेस सधै तयार रहेकाले यस पटक भारी बोक्ने अवसर दिनहुन समस्त बगनासकाली बासीमा अनुरोध गर्नुभयो । उहाँले जनताले दिएको मतको सहि सदुपयोग गर्ने बताउदै जनताको भरी बोक्न सधै तयार रहेको धारणा राख्नुभयो ।







