उम्मेदवार अस्लामीको प्रस्ताव र अपील सार्वजनिक

पाल्पा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पाल्पा क्षेत्र नं. २ का उम्मेदवार टोप अस्लामीले मतदाता समक्ष आफ्ना प्रस्ताव र अपील सार्वजनिक गर्नुभएको छ ।

हात मिलाएको चिन्ह लिएर निर्वाचनमा होमिनुभएका उहाँले शान्त, समृद्ध, स्वावलम्बी आधुनिक नेपाल निर्माण, विभेद, बेरोजगारी र भ्रष्टाचारको अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

तानसेनमा पत्रकार सम्मेलन गरी उम्मेदवार अस्लामीले सार्वजनिक गरेको प्रस्ताव र अपीलमा पाल्पालाई शैक्षिक केन्द्रको रुपमा पुनःस्थापित गर्ने, मगर, कुमाल बोटे भाषणप्रवर्धनका लागि स्थानीय पाठ्यक्रममा सामाग्री तयारीका लागि पहल गर्ने, विभिन्न जातजातिको भाषा संरक्षणका लागि आवश्यक नीति, बजेट व्यवस्थापनको जिम्मा राज्यले लिने गरी नीति निर्माणमा जोड दिने, कला संस्कृतिको संरक्षणमा सकारात्मक विभेदको नीति अख्तियार गर्न पैरवी गर्ने, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवर्धन तथा उत्पादन बेचबिखन र त्यसको नीति निर्माणमा जोड दिने, पढ्दै कमाउँदै अभियान सञ्चालन गरी विद्यालय तहदेखि उच्चशिक्ष सम्म आयआर्जनका लागि तथा आवश्यक नीति निर्माणमा जोड दिने कुरा उल्लेख छ ।

यस्तै धार्मिक, ऐतिहासिक पर्यटकीय तथा भाषिक सम्पदा संरक्षण एवम् धार्मिक पर्यटन प्रवर्धन तथा आयआर्जनका युक्त नीति निर्माण र कार्यान्वयनका गर्ने, आदिवासी, जनजातीको भाष, कला संस्कृतिको संरक्षणलगायतकामा जोड दिइएको उहाँले बताउनुभयो ।

उम्मेदवार अस्लामीका अनुसार आफ्नो पार्टीले संघमा राखिएको धेरै अधिकार स्थानीयतहमा हस्तान्तरण गरी स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने, साधन र श्रोत सम्पन्न बनाउने मुद्दा लिएर जनतामाझ पुगेको बताउनुभयो । उहाँले भ्रष्टाचारमुक्त नेपाल निर्माणमा युवाहरुको सहभागिता हुनुपर्ने, देशमा औधोगिकीकरणको व्यवस्था, रोजगारी, शिक्षा, विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमा लगानी गर्ने वातावरणको सुनिश्चिता, र संविधानको पुनर लेखनलगायतका एजेण्डा लिएर मतदाता समक्ष पुगेको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय