
पाल्पा । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पाल्पा क्षेत्र नम्बर २ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले आफू हारमा पनि जनातासंगै रहेको बताउनुभएको छ । बुधबार बगनाससकाली गाउँपालिकाको विभिन्न वडामा मतदातासंगको भेटघाटमा उम्मेद्वार पाण्डेयले आफू साझा उम्मेद्वार भएको दावी गुर्नभयो ।
पूर्व मन्त्री समेत रहनुभएका उम्मेद्वार पाण्डेयले मतदातासंगको भेटघाटमा निर्वाचन जित्दा मात्रै नभएर आफूले निर्वाचनमा पराजित भएको बेला पनि जनतासंग सधै संगै रहेको बताउनुभयो । उम्मेदवार पाण्डेयले आफू जनप्रतिनिधि भएदेखि नै जनतामाझ छु । साझा रहेको बताउँदै आफ्ने जीवनपालपाली जनताको सेवामा सर्मिपित रहेको बताउनुभयो ।
मेरो जीवन अब पूर्ण रुपमा जनताका लागि हो। पाल्पाली जनताले मलाई यो स्थानमा पुर्याउनुभएको हो। उम्मेदवार पाण्डेयले भन्नुभयो । जिल्लाका दर्जनबढी सडकको नामाकरणदेखि ठूला र विकासका पूर्वाधारसंग जोडिएका विषयमा आफूले सक्दो पहल गरेको बताउनुभयो । उहाँले अहिले पाल्पा २ का जनताले विकास रोज्ने हुँदा आफू निर्वाचित हुने दावी गर्नुभयो ।
मतदातासंग छलफलपछि उम्मेद्वार पाण्डेयले जिल्लामा विकासका पूर्वाधारको शुनिश्चितता र आर्थिक समृद्धिका लागि तारा चिन्हमा मतदान गर्नुपर्ने बताउनुभयो । उम्मेद्वार पाण्डेयले ग्रामीण भेगमा बादर, बदेल, दुम्सीलगायत जंगली जनावरले पारेको हैरानी रोक्न र बसाईसराई रोक्नका लागि नीतिगत व्यवस्था गर्नुपर्ने भएको बताउँदै समग्र जिल्लाको विकाससंग जोडिएर अघि बढ्नका लागि निधक्क भएर मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।








