एमाले उम्मेदवार गैरे रैनादेवी छहराका मतदाताको घरदैलोमा

पाल्पा । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेको तर्फबाट पाल्पा क्षेत्र नं. २ मा उम्मेदवार बन्नुभएका ठाकुरप्रसाद गैरे रैनादेवी छहराका विभिन्न वडामा मतदातासंग चुनावी घरदैलोमा रहनुभएको छ । निर्वाचनको मिति नजिकीए सगै उहाँले मतदाता भेटेर सुझाव लिने र मत माग्ने कामलाई तीव्रता दिनुभएको छ । सोमबारदेखि रैनादेवी छहरा ४ को अमलाबासबाट चुनावी प्रचार अभियान सुरु गर्नुभएका उम्मेदवार गैरे मंगलबार पनि मतदाताको घर–दैलोमा मत माग्न व्यस्त रहनुभएको छ ।

निर्वतमान प्रतिनिधिसभा सदस्य समेत रहनुभएका उम्मेदवार गैरेले रैनादेवी छहराको मुझुङ, भालुखानबाट मतदाता भेटघाट सुरुु गर्नु भएका गैरेले अमलाबास, छहरा, मेहलढाप,तिनधारा सल्लेधारा हुदै जुठापौवा, बल्डेङगढी र सत्यवतीका मतदाताको घरघरमा पुग्नुभएको छ । मत माग्ने क्रममा उम्मेदवार गैरेले देशमा बढेको भष्ट्राचारको अन्त्य, सुशासन र नवपुस्ताको मागलाई सम्बोधन गर्न एस पटकको निर्वाचन एमालेले जित्नुपर्ने बताउनुभएको छ । यसका साथै उहाँले युवाहरू विदेश पलायन हुनुपर्ने बाध्यतालाई अन्त्य गर्न स्थानीय स्तरमै सीप र उद्यमशीलतासंग जोडेर कार्यक्रम लागु गर्न आवश्यक भूमिका खेल्ने बताउनुभएको छ ।

पश्चिम क्षेत्रको लाइफलाइन्का रुपमा रहेको हार्थोक छहरा मोटर बाटोको स्तरोन्नतिको काम सुरु भएको बताउदै समयमै गुणस्तरीय कामको सुनिश्चितासहित सम्पन्न गराउन आफ्नो पक्षबाट पहल गर्ने उम्मेदवार गैरेले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनता र देशको पक्षमा उभिएर निरन्तर राष्ट्र हितको पक्षमा काम गरेको र संसदमा ३१ महिना रहँदा आफूले बदनाम हुने कुनै काम नगरेको सकेसम्म पाल्पाको विकासमा पहलकदमी लिएको बताउनुभयो ।

केही सुरु भएका र केही गर्नै पर्ने योजनाहरु बाँकी रहेकोले पुनः एकपटक सांसदको उम्मेदवार बनेको स्पष्ट पार्दै नेता गैरेले मतदातालाई एक पटक पूरा कार्यकाल काम गर्ने गरी मत दिएर विजयी बनाउन आग्रहसमेत गर्नुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय