
पाल्पा । भैरब उद्यमी महिला समूहको आयोजना, रिब्दीकोट कृषि परियोजनाको सहयोग तथा साना किसान कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा “कृषि तथा पशु उपज संकलन तथा विक्री केन्द्र”को शुभारम्भ भएको छ । केन्द्र रिब्दीकोट–४ भैरबस्थानमा रहेको भएको छ ।
कार्यक्रम महिला समूहका अध्यक्ष मञ्जु कार्कीको अध्यक्षतामा भएको शुभारम्भ समारोहका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले केन्द्रको स्थापना भएपछि कृषि तथा पशु जन्य उत्पादनको विक्री गर्न कृषकलाइ सहज हुने बताउनुभयो । उहाँले कृषिलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर कृषकहरुलाइ सहयोग पुग्ने गरी काम गर्दै आएको समेत बताउनुभयो । “गाउँपालिकाको प्रमुख लक्ष्य नै कृषि र पशु विकास तथा विस्तार रहेको अध्यक्ष कार्कीले बताउनुभयो । कृषि र पशुपालन क्षेत्रबाटै कृषकहरूको आर्थिक अवस्था उकास्न सकिन्छ भनेर कृषकमैत्री गतिविधिमा सक्रियता बढाएका उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा नं. ४ का जनप्रतिनिधि, साना किसान सहकारी संस्थाका पदाधिकारी, महिला समूहका प्रतिनिधि तथा सम्बन्धित कृषक÷कृषि समूहहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा वक्ताहरूले संकलन तथा विक्री केन्द्र स्थापना भएसँगै स्थानीय कृषकले उत्पादन गरेको कृषि तथा पशुजन्य वस्तुहरू व्यवस्थित रूपमा संकलन भई बजारसम्म पु¥याउन सहज हुने विश्वास व्यक्त गर्नुभएको थियो । यसले बिचौलियाको प्रभाव घटाई कृषकलाई उचित मूल्य सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा समेत उहाँहरुको थियो ।
स्थानीय तह, सहकारी र महिला समूहबीचको सहकार्यबाट स्थापना गरिएको उक्त केन्द्रले रिब्दीकोट क्षेत्रमा कृषि व्यवसायीकरण, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा टेवा पुग्ने सहभागीहरूको धारणा रहेको छ ।








