न्यायिक समितिको अन्तरक्रिया सम्पन्न

पाल्पा । स्थानीय तहमा न्याय सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले गुल्मी र पाल्पा जिल्लाका न्यायिक समितिहरूको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम दोभानमा सम्पन्न भएको छ । तिनाउ गाउँपालिकाको आयोजना र प्रदेश सुशासन केन्द्र, नेपालगञ्जको प्राविधिक सहयोगमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा दुवै जिल्लाका स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्ष ९न्यायिक समिति संयोजक०, उजुरी प्रशासक र न्यायिक समितिका सदस्यहरूको सहभागिता थियो । सो अवसरमा प्रशासनविद् काशिराज दाहालले स्थानीय तहको न्यायिक अधिकार, कार्यक्षेत्र र न्याय सम्पादनका क्रममा देखिने कानुनी तथा व्यवहारिक जटिलताका विषयमा सहजीकरण गर्नुभएको थियो ।

तिनाउ गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले मेलमिलापको माध्यमबाट समाजलाई जोड्न र जनताको न्यायमा पहुँच पु¥याउन यस्ता कार्यक्रमले नयाँ मार्ग कोर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले गाउँपालिकाका असल अभ्यासहरू भिडियोमार्फत प्रस्तुत गर्दै जनप्रतिनिधिका सपनालाई व्यवहारमा उतार्न कर्मचारी संयन्त्र प्रतिबद्ध रहेको बताउनुभयो । सहभागीका तर्फबाट गुल्मीको सत्यवती गाउँपालिकाकी उपाध्यक्ष निरमाया तरामु र पाल्पाको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजालीले कार्यक्रमको सान्दर्भिकतामाथि प्रकाश पार्दै सिकेका कुरालाई कार्यक्षेत्रमा लागू गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अन्तरक्रियापछि तिनाउ घोषणापत्र–२०८२’ जारी समेत गरेको छ । घोषणापत्रमार्फत न्यायिक कार्यसम्पादनलाई थप पारदर्शी र जनमुखी बनाउने साझा संकल्प गरिएको छ । साथै, आगामी फागुन २१मा तोकिएको प्रीतनिधिसभा सदस्य निर्वाचनपछि अन्तरक्रियाको अर्को संस्करण गुल्मीको रेसुङ्गा नगरपालिकामा आयोजना गर्ने निर्णय भएको तिनाउ गाउँपालिका प्रशासन शाखा प्रमुख काशीनाथ आचार्यले जानकारी दिनुभयो । करुवा पत्रिकामा समाचार छ ।

सम्बन्धित खवर