
पाल्पा । नेतृत्व मिडिया प्रालि पत्रिकाले “समसामयिक विषयमा“ संवाद कार्यक्रम गरेको छ ।
प्रा.लिले पाल्पाली पत्रकार र पाल्पा क्षेत्र नं. २ मा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार टोप बहादुर अस्लामीसंग संवाद कार्यक्रम गरेको हो ।
प्रालिद्धार प्रकाशित नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाका सम्पादक÷प्रकाशक गोविन्द भट्टराईले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरुका नीति, कार्यक्रम, योजना र एजेण्डा बारे छलफल गर्ने उद्देश्यले संवाद कार्यक्रम गरिएको बताउनुभयो । उहाँले निर्वाचन र अन्य समसामयिक विषयमा पहिलो पटक पत्रकार र उम्मेदवार बिच संवाद कार्यक्रम गरिएको बताउनुभयो ।
संवाद कार्यक्रममा उम्मेदवार अस्लामीले प्रतिनिधिसभा सदस्यले विकासको काम नभै जनताको हित केन्द्रित नीति बनाउने काममा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विकास निर्माणको काम गर्न स्थानीय सरकार रहेको बताउदै संघीय सासंदको काम जनताका पक्षमा नीति नियम बनाउने रहेको बताउनुभयो । राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव समेत रहनुभएका अस्लामीले बेइमानीको राजनीति नभई इमान्दारिताको राजनीति गरेर जनताको विश्वास जित्नु पर्ने बताउनुभयो । उहाँले फागुन २१ गते हुने निर्वाचनमा जनताले व्यक्ति भन्दा ऐजेण्डा हेरेर मतादन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
अस्लामीमगरका अनुसार आफ्नो पार्टीले संघमा राखिएको धेरै अधिकार स्थानीयतहमा हस्तान्तरण गरी स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने, साधन र श्रोत सम्पन्न बनाउने मुद्दा लिएर जनतामाझ पुगेको बताउनुभयो । उहाँले भ्रष्टाचारमुक्त नेपाल निर्माणमा युवाहरुको सहभागिता हुनुपर्ने, देशमा औधोगिकीकरणको व्यवस्था, रोजगारी, शिक्षा, विदेशमा रहेका नेपलाीहरुलाई स्वदेशमा लगानी गर्ने वातावरणको सुनिश्चिता, र संविधानको पुनर लेखनलगायतका एजेण्डा लिएर हात मिलाएको चुनाव चिन्ह मार्फत मतदाता समक्ष पुगेको बताउनुभयो ।
मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा हुने संवादमा पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरु नेपाली कांग्रसका हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका ठाकुरप्रसाद गैरे, नेकपाका सोमप्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका माधव थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर कुँवर र राष्ट्रिय जनमोर्चाका विशाल दर्लामीलाई पाहुनाको रुपमा बोलाइएको पत्रिकाका सम्पादक÷प्रकाशक भट्टराईले जानकारी दिनुभयो ।








