ओजस्वी आचार्यलाई उत्प्रेरक वक्ता सम्मान पुरस्कार

पाल्पा । विद्यार्थी उत्प्रेरक वक्ता ओजस्वी आचार्यलाई उत्प्रेरक वक्ता सम्मान पुरस्कार प्रदान गरिएको छ । प्रथम ऐतिहासिक नवलपुर रक्तदान महोत्सव २०८२ का अवसरमा गण्डकी रिकल लर्निङ एकेडेमीले स्थापना गरेको विद्यार्थी उत्प्रेरक वक्ता सम्मान पुरस्कारको पहिलो संस्करणबाट आचार्यलाई सम्मानीत गरिएको हो । यो अवार्ड हरेक वर्ष देशभरिबाट उत्कृष्ट वक्तालाई प्रदान गरिने आयोजकले जनाएको छ ।

ब्लड डोनर्स सोसाइटी नेपालको पाँचौँ स्थापना दिवसको अवसरमा ब्लड डोनर्स सोसाइटी नेपाल नवलपुर जिल्ला शाखाको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज नवलपरासी (व.सु.पू.) को सह–आयोजनामा आयोजित उक्त महोत्सवको पवित्र अवसरमा आचार्यलाई सम्मानपत्र प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति नवलपरासी (व.सु.पू.) का प्रमुख बाबुराम विश्वकर्माले विद्यार्थीहरूलाई सकारात्मक सोच र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने व्यक्तित्वलाई सम्मान गर्नु समयको आवश्यकता भएको बताउनुभयो । “ओजस्वी आचार्यजस्ता वक्ताहरूले युवामा सेवा, समर्पण र परिवर्तनको भावना जगाइरहेका छन्,” उहाँले भन्नुभयो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज नवलपरासी (व.सु.पू.) का अध्यक्ष धर्मराज लुइटेलले रक्तदान जस्तै सामाजिक अभियानमा युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रेरक वक्ताहरूले समाज परिवर्तनमा ठूलो योगदान पु¥याइरहेको बताउनुभयो ।

यस्तैगरी कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, ब्लड डोनर्स सोसाइटी नेपाल नवलपुर जिल्ला शाखाका अध्यक्ष भोजराज भुर्तेल (किरण) ले सम्मानीत आचार्यले विद्यार्थी माझ निरन्तर रूपमा सकारात्मक ऊर्जा प्रवाह गरिरहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले रक्तदान अभियान र युवामैत्री प्रेरणालाई एकैसाथ अघि बढाउने उद्देश्य आफूहरुले काम गरिरहेकोे बताउनुभयो ।

सम्मान ग्रहण गर्दै आचार्यले प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको बताउनुभयो । उहाँले “विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन र समाजप्रतिको दायित्व जगाउनु नै आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय