तानसेन नगरपालिकाको नगरसभाबाट दुई ऐन पारित

पाल्पा । तानसेन नगरपालिकाको १८ औँ नगरसभाबाट दुई ऐन पारित भएका छन् ।

तानसेन नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ २०८२ र ‘विज्ञापन कर व्यवस्थापन तथा नियमन विधेयक, २०८२’ सभाबाट सर्वसम्मत रुपमा परित भएको प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनुभयो । उहाँले सभामा सभामा नगरसभा सदस्य महेश्वर श्रेष्ठ र हेमन्तराज शाक्यले प्रस्तुत गर्नुभएको विद्येयक पारित भएको बताउनुभयो ।

सभामा नगर उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले तानसेन नगरपालिकाको विनियोजन ऐन २०८२ को पहिलो संशोधन विधेयक र न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षका लागि विनियोजन बजेट एक अर्ब ४६ करोड ५० लाख ९६ हजार ८०७ रुपैयाँ रहेकोमा तत्कालको अवस्था, स्थानीय आवश्यकता, प्राथमिकता र चालु तथा पुँजीगत कार्यक्रमलाई ध्यानमा राखेर संशोधन प्रस्तावमार्फत एक अर्ब ३९ करोड ३१ लाख ८० हजार ३०७ रुपैयाँ कायम गरिएको बताउनुभयो ।

सभाको शून्य समयमा नगरसभा सदस्य माधव बस्यालले जिज्ञासा राख्नुभएको थियो । उक्त जिज्ञासाका विषयमा नगरप्रमुख सन्तोषलाल श्रेष्ठले स्पष्ट पार्नुभएको थियो । उहाँले नगरपालिकाले जनताको आवश्यकता र अपेक्षाअनुसार नीति तथा कार्यक्रम अघि बढाइरहेको बताउनुभयो । आर्थिक अनुशासन, पारदर्शिता र विकास निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय