
पाल्पा । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले पाल्पाले दश जनाको नाम सिफारिस गरेको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको पाल्पा जिल्लामा क्षेत्र १ बाट ६ र क्षेत्र २ बाट ४ जनाको नाम सिफारिस गरिएको एमाले पाल्पा अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो ।
पाल्पा क्षेत्र नं. १ बाट एमाले केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्य, एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष तथा पूर्व संविधानसभा सदस्य राधाकृष्ण कँडेल, केन्द्रीय लेखा आयोगका सदस्य निल सारू, एमाले जिल्ला उपाध्यक्ष विमल काफ्ले, नेता शिव अर्याल र नेतृ दुर्गादेवी रानाको नाम सिफारिस गरिएको छ ।
यस्तै क्षेत्र नं. २ बाट पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरे, संविधानसभा सदस्य नारायणी देवी शर्मा घिमिरे र नेता डा.रामबहादुर राउतको नाम सिफारिस गरिएको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।








