
पाल्पा । दमकडा माध्यमिक विद्यालयलाई एसबिआई बैंकले सहयोग हस्तान्तरण गरेकाे छ ।
विद्यालयमा अध्ययन गर्ने दृष्टिबिहीन विद्यार्थीलाई बैंककाे पाल्पा शाखाले ल्यापटप, विभिन्न खेलकुद सामग्री तथा जाडोमा लगाउने न्यानो कपडा (स्कूल पोशाक) सहित शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका माझ एसबिआई बैंक पाल्पा शाखाका शाखा प्रबन्धक बिजय घिमिरेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार आर्याल र प्रधानाध्यापक मोहनप्रसाद सापकोटालाई संयुक्तरुपमा सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा शाखा प्रबन्धक घिमिरेले विद्यालयले दृष्टिबिहीन विद्यार्थीलाई अध्यापन गराएर एक बहुआयामिक विद्यालयको रुपमा आफूलाई स्थापित गरेकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा तानसेन ९ का वडाध्यक्ष अर्यालले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको सहयोगका लागि धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले आगामी दिनमा पनि बैकले विद्यालयलाई सघाउने कार्यक्रम बनाउन आग्रह गर्नुभएको विद्यालयका सहायक प्रधानाध्यापक होत्रीराज ढुंगानाले जानकारी दिनुभयो ।









