रिब्दीकोटका कृषकलाई पशु पोषण दाना वितरण

पाल्पा । रिब्दीकोट गाउँपालिका ३ नं. वडा खस्यौलीले कृषकहरुलाई पशु पोषण दाना वितरण गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत कृषकलाई पशु पोषण दाना वितरण गरिएको हो । कृषकहरुको लागत साझेदारीमा वितरण गरिएको पोषण दानाले दुध उत्पादनमा वद्धि हुनुका साथै किसानलाई आर्थिक रुपमा समृद्ध बनाउन मद्दत गर्ने वडा कार्यालयले जनाएको छ ।

वडा भित्रका ७४ जना दुध उत्पादक कृषकहरूलाई प्रति किसान ८७ केजीका दरले ६५ सय किलोग्राम पोषण दाना (मकै) वितरण गरिएको वडाध्यक्ष नारायणबहादुर केसीले बताउनुभयो । उहाँले यस वर्ष पनि वडाबाट कृषिमा आधुनिकीकरण गर्नका लागि कृषि यन्त्र कम्बाइन मिल, मिनिटेलर र मकै छर्ने मेसिन वितरणका लागि माग संगलन भैरहेको जानकारी समेत दिनुभयो । नागरिकको मुख्य आय स्रोत कृषि रहेकोले कृषि क्षेत्रको विकास गरी आयाआर्जन बढाउनका लागि गाउँपालिकाले नयाँ सम्भावनाहरुको खोजी गरी अभियान सञ्चालन गरेको वडाध्यक्ष केसीले बताउनुभयो । उहाँले कृषि नगरी आम्दानी नबढ्ने । आम्दानी नभएमा जीवनस्तर सुर्धान नसकिने भएकोले कृषि कर्ममा जोडिन किसानहरुलाई आग्रह समेत गर्नुभयो ।

गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले कृषि कर्मबाट नै कृषकहरुलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । उहाँले गाउँपालिका र वडाबाट प्राप्त हुने अनुदानको सही सदुपयोग गर्दै आफूलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनुभयो । गाउँपालिकाबाट वार्षिक ४१ करोड बढी कृषि तथा पशु क्षेत्रको उत्पादन विक्री गरिएको बताउदै अध्यक्ष कार्कीले यसलाई बढाउन कृषकहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले कृषि र पशु विकास क्षेत्रलाई थप प्रोत्साहित गर्न पालिकाले अनुदानका कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको वडा सचिव गणेश प्रसाद आचार्यको जानकारी दिनुभयो ।

सम्बन्धित खवर