क्षेत्रको समग्र विकासमा प्रतिबद्ध छु : उम्मेदवार आचार्य

पाल्पा । नेकपा एमालेको तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बन्नुभएका नारायण प्रसाद आचार्यले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासमा सधै प्रतिबद्ध रहेर काम गरिरहेको बताउनुभएको छ । उहाँले आगामी दिनमा पनि जनता निराश नभै सबै जनताले गौरव गर्नेगरी निरन्तर विकासको काममा खट्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

नेकपा एमाले रामपुर नगर स्तरीय कार्यकर्ता भेलामा बोल्दै निर्वतमान प्रतिनिधिसभा सदस्य समेत रहनुभएका आचार्यले फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा भारी मतका साथ मतदाताले विजय गराउने विषयमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले यस क्षेत्रको सडक, पूर्वाधार, खानोपानी, विद्युत, कृषि, स्वास्थ्यलगायतका क्षेत्रको विकासमा नेकपा एमालेको महत्वपूर्ण भूमिका रहेको बताउदै सूर्य चिन्हमा मतदान गरेर विकासलाई रोज्नुपर्ने बताउनुभयो । केही काम सुरु भएर ढिला हुँदा नागरिकले सास्ती खेप्नुपरेको विषयमा आफूले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइ काम सुरु हुने अवस्था सुरु गरेको नेता आचर्यले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले पूर्व पोलिटब्युरो सदस्य दल बहादुर राना, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल, नेकपा एमाले पूर्व केन्द्रीय सल्लाहकार परिषद् सदस्य युबराज खनाल, जिल्ला कमिटी अध्यक्ष एबं समानुपातिक पदका उमेदवार ओमबहादुर घर्ती मगर, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दुर्गादेवी राना, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष बिमल काफ्ले, समानुपातिक उम्मेदवार रोजिरन खातुन, नेता शिव अर्याल, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष सन्देश ढकाललगायतका नेताहरुले बोल्दै देश जलाउनेलाई होइन देश बनाउनलाई रोज्न एमालेको सूर्य चिन्हमा मतदान गराउन सबै नेता कार्यकर्ता क्रियाशील हुनुपर्ने बताउनुभएको एमाले रामपुर नगर कमिटी अध्यक्ष लिल बहादुर गाहाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय