अपांगता भएका व्यक्तिलाई बजार प्रतिनिधि समूहको सहयोग

पाल्पा । सहकारी बजार प्रतिनिधि समूहले अपांगता भएका व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । समूहले पाल्पा शिविआरमा रहेका अपांगता भएका व्यक्तिलाई सहयोग गरेको हो ।

पाल्पा तानसेनमा रहेका सहकारी संस्थामा कार्यरत बजार प्रतिनिधिहरुको समूहले गत पुस महिनामा तानसेनको टुंडिखेलमा भएको खाना महोत्सवमा स्टल राख्दा भएको आम्दानीबाट १३ जना अपांगता भएका व्यक्तिलाई नौ हजार १०५ रुपैयाँ नगद र एक क्यारेट अन्डा तथा विस्कुट वितरण गरिएको समूहकी अध्यक्ष सविता भाटले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा व्यवस्थापन सहयोगी सुमिला महर्जनले समूहले गरेका सामाजिक सहयोगको कार्य प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले यस्तै सहयोग अन्य समूहले गरेको खण्डमा दिनदुखीलाई जीवनयापनमा सहज हुने बताउनुभयो ।

पाल्पा शिविआरका कृष्ण गहतराजले संस्थागत गतिविधि बारे जानकारी गराउदै सहकारीमा काम गर्ने बजार प्रतिनिधिहरुको सहयोगले संस्थालाई राहत मिलेको बताउनुभयो । उहाँले सहयोगी समूहलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा राख्नुभयो ।

समूहले गत वर्षको खाना महोत्सवबाट भएको आम्दानीबाट तानसेन ९ दमकडामा रहेको दमकडा माध्यमिक विद्यालयमा रहेका दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग गरेको थियो । पछिल्लो समय समूहमा आबद्ध बजार प्रतिनिधिहरुले जागिरसंगै आर्थिक आर्यआर्जनको काम गरी सामाजिक सेवामा लगानी गर्ने गरिएको समूहकी सचिव राधा कुवँरले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय