पाल्पा २ का स्वतन्त्र उम्मेदवार भण्डारीको गैरेलाई समर्थन

पाल्पा । पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्नुृभएका स्वतन्त्र उम्मेदवार देवीप्रसाद भण्डारीले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

उहाँले वर्तमान परिस्थितिमा पाल्पाको विकासलाई जनताको मनोभाव अनुसार गति दिन नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका ठाकुरप्रसाद गैरेबाट मात्र सम्भव देखिएकोले गैरेलाई समर्थन गर्ने गरी आफ्नो उम्मेदवारी फिर्ता लिएको बताउनुभयो ।

रैनादेवी छहरा ३ निवासी भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा २५ को उपदफा (१) बमोजिम नाफ फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले माघ ८ गते प्रकाशित उम्मेदवारहरुको नामावलीबाट आफ्नो नाम हटाउन दिएको निवेदन अनुसार नाम हटाउने निर्णय गरिएको बताउनुयो ।

फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा क्षेत्र नं. २ मा १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी १७ जनाको उम्मेदवारी परेको थियो । भण्डारीले उम्मेदवारी फिर्ता लिएसंगै स्वतन्त्र उम्मेदवारको संख्या दुईमा झरेको छ । उम्मेदवारी फिर्ता लिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका भण्डारीले आफूलाई मतदान गर्ने योजनामा रहेका मतदातालाई नेकपा एमालेका सूर्यध्वजाबाहक उम्मेदवार गैरेलाई मतदान गरी अत्यधिक मतले विजयी बनाउन आग्रह समेत गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय