ख्याहाका दुध किसानलाई क्यान वितरण

पाल्पा । रिब्दीकोट गाउँपालिका १ नं. वडा ख्याहा वडा कार्यालयले दुध किसानका लागि क्यान वितरण गरेको छ । किसानहरुलाई दुधजन्य पर्दाथको विक्री वितरणमा सहयोग गर्ने उद्देश्यले क्यान वितरण गएिको वडा कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अनुसार एक लाख ५० हजार बजेटबाट वडामा दुधको कारोबार गर्ने किसानहरुलाई ८० वटा क्यान वितरण गरिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । उहाँले किसानहरुलाई दुध संकलन र विक्रीका लागि संकलन केन्द्रसम्म लैजान सहज होस् भनेर क्यान वितरण गरिएको बताउनुभयो ।

क्यानमा राखिएको दुध हावा, धुलो र जीवाणुबाट सुरक्षित रहने, दुधको गुणस्तर जोगाउन मद्दत गर्ने, पोखिने वा नोक्सान हुने सम्भावना कम हुने भएकोले किसानलाई प्रोत्साहन गर्न साढे सात लिटर र पाँच लिटरको गरी दुई थरी क्यान वितरण गरिएको वडाध्यक्ष पोखरेलले बताउनुभयो ।

ख्याहामा करिब एक सय किसानले गाईभैसी पालेर दुधको कारोबार गर्दै आएका छन् । शान्तिचौरमा रहेको दुध संकलन केन्द्रमा साझ र विहान दुध संकलन गरी दैनिक करिब चार सय लिटर दुध तानसेन विक्रीका लागि पठाउने गरिएको वडाध्यक्ष पोखरेलको भनाइ छ । कृषि र पशुपाललनलाई विशेषप्राथमिकतामा राखेर काम गर्दै आएको गाउँपालिकाले दुधमा प्रतिलिटर ४ रुपैया अनुदान दिँदै आएको छ ।

क्यान प्राप्त गरेपछि दुध किसान रामप्रसाद न्यौपानेले क्यान नहुँदा दुध संकलन केन्द्रमा लैजान दैनिक फरक फरक भाडाँको प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । उहाँले आवश्यकता अनुसारको क्यान प्राप्त भएपछि निकै सहज भएको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय