
तानसेन । पाल्पा प्यारागन इङ्गलिश बोर्डिङ स्कुलले राष्ट्रिय एसक्यूसी पुरस्कार प्राप्त गरेको छ ।
क्वेस्ट नेपालको आयोजनामा सेन्ट म्यारी स्कुल पोखरामा सम्पन्न १९ औँ राष्ट्रिय विद्यार्थी गुणस्तर वृत्त सम्मेलनमा पाल्पा प्यारागनगनले देशभरका एक सय ८३ विद्यालयमध्ये उत्कृष्ट तीन विद्यालयको सूचीमा पर्दै पुरस्कार प्राप्त गरेको हो । विद्यालयले शिक्षण–सिकाई, विद्यार्थी सहभागिता, नेतृत्व विकास, समस्या समाधान क्षमता, सहकार्य र समग्र व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन गरेर पुरस्कार हात पारेको हो ।
त्यसैगरी सोहि राष्ट्रिय सम्मेलनमा विद्यालय सहभागी छात्रा शियसी सारूले ट्रेजर हन्ट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नुभएको विद्यालयका प्रिन्सिपल गंगाबहादुर खत्रीले जानकारी दिनुभयो । सारुको सफलताले विद्यालयको गौरवलाई थप उचाइमा लगेको बताउनुभयो । यस उपलब्धिलाई शिक्षकहरुको अथक प्रयास, अभिभावकको विश्वास र सहयोग, विद्यार्थीको लगनशीलता र शुभचिन्तकहरूको सद्भावको संयुक्त परिणाम भएको प्रिन्सिपल खत्रीले बताउनुभयो । विद्यालयले भविष्यमा पनि गुणस्तरीय शिक्षा र विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर योगदान दिने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।








