रिब्दीकोटका कृषकलाई कृषि यन्त्र वितरण

पाल्पा । रिब्दीकोट गाउँपालिका २ नं. वडा देउरालीका कृषकलाई वडा कार्यालयले कृषि यन्त्र वितरण गरेको छ ।

चालु आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत कृषकहरु माग अनुसार मिनिटिलर र कम्बाइन मिल वितरण गरिएको वडाध्यक्ष ओम प्रसाद पोखरेले जानकारी दिनुभयो । उहाँले १७ ओटा मिनिटिलर ३० प्रतिशत अनुदान र ५ ओटा कम्बाइन मिल २० प्रतिशत अनुदानमा कृषकहरुलाई उपलब्ध गराएको बताउनुभयो ।

कृषि यन्त्र वितरण कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले व्यवसायिक रुपमा कृषकलाई खेती गर्नका लागि कृषि यन्त्रले मद्दत गर्ने बताउनुभयो । उहाँले प्राप्त गरेको औजारको सही सदुपयोग गरी कृषि उपज उत्पादन बढाएर आर्थिक लाभ लिन आग्रह गनुृभयो । गाउँपालिकाले कृषि क्षेत्रमा सम्भावना भए अनुसार कृषकको माग र आवश्यकतालाई ध्यानमा राखेर सहयोगका कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले गाउँपालिकाको समृद्धि कृषि क्षेत्रको विकासबाट मात्र सम्भव रहेको समेत बताउनुभयो ।

उपाध्यक्ष कान्ता अधिकारीले परम्परागत रुपमा खनजोत गर्दा समय र आर्थिक रुपमा खर्चिलो भएकोले आधुनिक कृषि यन्त्रबाट खेती गर्दा लागत कम र फाइदा धेरै लिन सकिने बताउनुभयो । उहाँले वडा एवं पालिकाबाट वितरण गरिएका कृषि औजारहरुको उचित एवं व्यवहारिक प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर