नेतृत्वको नयाँ अंक  सार्वजनिक

पाल्पा । नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको नयाँ अंक सार्वजनिक गरिएको छ । नेतृत्व मिडिया प्रालिद्धारा प्रकाशित त्रैमासिक पत्रिकाको परिचर्चा कार्यक्रमसहित वर्ष २८, अंक ३ सार्वजनिक गरिएको हो ।

कार्यक्रमका जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व सभापति गोविन्द भट्टराईले एकल प्रयत्नबाट विद्वत वर्गहरुका समसामयिक लेख रचना प्रकाशन गर्दै आउनुभएको बताउनुभयो । उहाँले प्रविधिको विकास संगै खोज पत्रकारिता हराउर्दै गएकोले खोज पत्रकारितामार्फत सत्य र तथ्य बाहिर ल्याउनु भट्टराईले गरेको मेहनत प्रशंसायोग्य रहेको बताउनुभयो । सार्वजनिक गरिएको अंकमा आफ्नो राजनीतिक जीवनको घटनालाई स्थान दिएकोमा धन्यवाद भएकोमा दिँदै पत्रिकाको निरन्तरताको शुभकामना व्यक्त गर्नुुभयो ।

पत्रिका सार्वजनिक तथा परिचर्चा कार्यक्रमका समीक्षक लेखक तथा साहित्यकार महेन्द्र पन्थीले बिना कुनै कोष अहिलेको समयमा पत्रिका प्रकाशन जस्तो कठिन यात्रा सम्पादक भट्टराईले सफलतापूर्वक अघि बढाउनु उदाहरणीय कार्य भएको बताउनुभयो । उहाँले विगतमा पत्रिका विशेषाङ्कका रुपमा आउने गरेकोमा यसपटक विषयगत विविधतालाई जोड दिइएको जानकारी गराउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका सभापति कमलराज तिमिल्सेनाले पत्रकारिता क्षेत्रमा महासंघका पूर्व अध्यक्ष समेत रहनुभएका भट्टराईले गर्नुभएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले एकल प्रयासबाट नेतृत्वमा बस्तुनिस्ठ, तथ्यपरक र प्रेरणाप्रद समावेशी सामग्री प्रकाशन गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह, युनाइटेड मिसन अस्पतालकी निर्देशक डा. रचेल कारख, नेकपा एमाले तानसेन नगरकमिटी अध्यक्ष गुराँस आत्रेय, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष सुमन गैरे, समाजसेवी तथा लेखक बुद्धिप्रसाद शर्मा, लेखक तथा पत्रकार पुष्कर अथक रेग्मी, धातानन्द शर्मा गैरेलगायतले पत्रिकाको निरन्तरताको शुभकामना व्यक्त गर्दै नेतृत्व पत्रिकाले बढ्दो बेथिती उजागर गर्ने विषयबस्तु उठानको पनि नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा नेतृत्व पत्रिकाका लेखक तथा युनाइटेड मिशन अस्पतालकी निर्देशक कारखलाई सम्मान गरिएको थियो । कार्यक्रम पत्रिकाका स्तम्भकार तथा सर्जक सीता गौतमको अध्यक्षता तथा सम्पादक गोविन्द भट्टराईको स्वागत तथा सञ्चालनमा चलेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय