रामपुरका महिलाहरुलाई  धुप बनाउने तालिम

पाल्पा । रामपुर नगरपालिका भित्रका महिलाहरुलाई पाँच दिने बटारे धुप बनाउने तालिम प्रदान गरिएको छ ।

पूजाआजामा प्रयोग हुने स्थानीय स्तरमा पाइने सुकेका विभिन्न फूलबाट तयार गर्न सकिने बटारे धुप बनाउने तालिम रामपुर नगरपालिकाको आर्थिक सहयोग र सिर्जना आमा समूह रामपुर १० नं. वडामा संचालन गरिएको हो ।

तालिम समापन कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनानउका लागि रामपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले महिलाहरुको माग र आवश्यकता अनुसार समय सुहाउँदो व्यवहारिक कार्यक्रममा जोड दिँदै आएको बताउनुभयो । तालिमबाट सिकेको सीपको माध्यमबाट उत्पादित बस्तुको बजारीकरणको व्यवस्था उपप्रमुख कोशेली घर मार्फत रामपुर नगरपालिकाले गर्दै आएको जानकारी दिनुभयो ।

रामपुर १० नं. वडा सदस्य पिताम्बर ओस्तीले सिकेका सिपलाई लगनशिल भएर निरन्तर रुपमा काम गर्न आग्रह गर्नुभयो । उहाँले धुप उत्पादन गरी धुप खोज्न बजारका पसलमा नभई गाउँघरमा आउने वातावरण बनाउने गरी काम गनुपर्ने बताउनुभयो । यस्तै दुर्गा देवी भण्डारी, समाजसेवी पार्वती न्यौपानेलगायतले सीपलाई व्यवहारमा लागु गरेर आर्थिक रुपमा आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । ६० जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण मञ्जु अधिकारीले गर्नु भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय