
पाल्पा । बगनासकाली गाँउपालिकाको समन्वयमा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लि. तानसेन ७ प्रभास पाल्पाले ६ नं. वडा दर्पुकमा निःशुुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
बोटे समुदायलाई लक्षित गरी आयोजना गरिएको शिविरमा महिला तथा प्रसूति रोग विशेषज्ञ र जनरल मेडिसिनका विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेको थियो । शिविरमा करिब दुई सय जना बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।
शिविरमा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरले समुदायका लागि बहुआयामिक फाइदा पु¥याउने बताउनुभयो । उहाँले औषधि वितरणसहितको निःशुुल्क स्वस्थ्य शिविर आयोजना गरी सहज रुपमा घरटोलमै नागरिकलाई स्वास्थ्य सेवा दिएकोमा मेडिकल कलेजलाई धन्यबाद ज्ञापनसमेत गर्नुभयो ।
उपाध्यक्ष हरि प्रसाद पाठकले शिविरले आर्थिक अभावका कारण नियमित उपचारबाट वञ्चित नागरिकले विशेषज्ञ डाक्टरबाट प्रत्यक्ष परामर्श, जाँच र आवश्यक उपचार निःशुल्क पाउँदा रोगको समयमै पहिचान र उपचार सम्भव रहने बताउनुभयो । उहाँले यसका साथै दीर्घरोगको जोखिम घटाउनुका साथै स्वास्थ्यप्रति जनचेतना बढाउन मद्दत गर्ने बताउनुभयो ।
प्रवक्ता टीकाबहादुर थापाका नागरिकले महँगो उपचार खर्च बेहोर्नु नपर्नेगरी विशेषज्ञ चिकित्सकहरुबाट निः शुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गर्दा जनताको यात्रा खर्च र समयको बचत हुन्ने बताउनुभयो । उहाँले स्वास्थ्य सम्बन्धी सचेतना बढ्नुका साथै नागरिकमा स्वस्थ जीवनशैली अपनाउने बानी विकास भई समग्र जीवनस्तर सुधार्नमा सहयोग पुग्ने विश्वास व्यक्त गनुृभयो ।
वडाध्यक्ष लक्ष्मी अधिकारी वडामा रहेका नागरिकहरुलाई शिविरले स्वास्थ्य उपचार सेवा लिन सहज भएको बताउनुभयो । उहाँले शिविरमा माहिलाहरुको एचपीभी डिएनए परीक्षण र टिभी का संकास्पद बिरामीको खकार परीक्षणको लागि खकार संकलन समेत गरिएको जानकारी दिनुभयो ।
लुम्बिनी मेडिकल कलेजका आउटरिच विभाग प्रमुख मुक्तिराम भुुसालले कलेजले बगनासकाली गाउँपालिकामा जस्तै अन्य स्थानीय तहमा पनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच वृद्धिका लागि कलेजले स्थानीय सरकारसंगको सहकार्यमा सेवा दिँर्दै आएको बताउनुभयो ।









