चौतारी बुलेटिन सार्वजनिक

पाल्पा । प्रेस चौतारी पाल्पाले संस्थागत विकासका लागि नियमित रुपमा प्रकाशन गर्दै आएको चौतारी बुलेटिन सार्वजनिक गरिएको छ ।

संगठनको गतिविधि, विभिन्न व्यक्तिको डिजिटल पत्रकारिता सम्बन्धी आलेख तथा स्थानीय तहले गरेका असल अभ्यासका सामग्री समेटेर प्रकाशन भएको बुलेटिन शनिबार एक कार्यक्रमका बिच तानसेनमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले प्रेस चौतारीले प्रकाशन गरेको बुलेटिनमार्फत समाजमा सत्यतथ्य सूचना सम्प्रेषण गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले पछिल्लो समय सही सूचना प्रवाह गर्ने व्यक्ति शक्तिशाली हुने बताउदै चौतरीकर्मीहरुले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । गलत सूचनाले मानिसमा दिग्भ्रम पार्ने गरेको बताउदै अध्यक्ष चिदीले तीन तहकै सरकारबाट भएको लगानीको प्रतिफल केन्द्रित रिपोटिङका लागि पत्रकारहरु क्रियाशील हुनुपर्ने बताउनुभयो ।

बुलेटिन सार्वजनिक कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन विश्वकर्मा, नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्ष राजेशकुमार अर्याल, निवर्तमान अध्यक्ष रेखीराम राना, महासंघका अध्यक्ष कमलराज तिमिल्सेनालगायतले संगठनलाई जीवन्त राख्न क्रियाशीलता आवश्यक पर्ने बताउनुभयो । उहाँहरुले सही सूचना दिने चौतारीको धर्म रहेको बताउदै निरन्तर प्रकाशनको शुभकामना व्यक्त गनुृभयो । बुलेटीन सार्वजनिक कार्यक्रम प्रेस चोतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता र सचिव दयाराज न्यौपानेको सञ्चालनमा भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय