रणउजिरेश्वरी भगवती भलिबल कपको खर्च सार्वजनिक

पाल्पा । दोस्रो रणउजिरेश्वरी भगवती भलिबल कप २०८२ को खर्च सार्वजनिक गरिएको छ । शनिबार जिल्ला खेलकुद पत्रकार मन्च पाल्पाको समन्वयमा भएको पत्रकार भेटघाटमा आयोजक श्रीनगर भलिबल क्लबले प्रतियोगितमा भएको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो ।

क्लबले गत साउन २८ गतेदेखि भदौँ १ गतेसम्म तानसेनमा दोस्रो रणउजिरेश्वरी भगवती भलिबल कप प्रतियोगिता सम्पन्न गरेको थियो । पत्रकार भेटघाटमा श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण आलेले कार्यालय र संघसंस्थाबाट २ लाख २७ हजार, टिकट विक्रीबाट ४ लाख ९० हजार र आर्थिक सहयोगबाट ८ लाख ३९ हजार ७५० रुपियाँ गरी १५ लाख ५६ हजार ७५० रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो ।

यस्तैगरी प्रतियोगितामा महिला र पुरुषतर्फको पुरस्कार वितरणमा ४ लाख ८३ हजार, प्याराफिट निर्माणमा २ लाख ८० हजार, पत्रकार सम्मेलनमा ६५ हजार, अफिसियल खर्च १ लाख ७५ हजार, जर्सीमा ४५ हजार, स्वयमसेवक, खाजा खाना, पन्चेबाजा, अतिथि सम्मान, खेलकुद सामग्री, प्रमाणपत्र र मायाको चिनो, मनोरन्जन करलगायतमा खर्च गरी १५ लाख ४३ हजार ९०५ रुपैयाँ खर्च भएको बताउनुभयो । अध्यक्ष आलेले चन्दा उठाएर गरिएको प्रतियोगितामा संस्थाका लागि १२ हजार ८४५ रुपैयाँ बचत गर्न सफल भएको समेत जानकारी दिनुभयो ।

श्री ७ रणउजिरेश्वरी भगवतीको महिमा प्रचारप्रसार गर्ने उद्देश्यले गत वर्षदेखि क्लबले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । क्लबका अध्यक्ष आलेले भलिबल प्रतियोगिता राष्ट्रि«य स्तरको भएकाले जिल्लामा रहेका स्थानीय तहले सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । मुख्य गरी तानसेन नगरपालिकाले अपनत्व लिएर अरु पालिकाले पनि यसको अपनत्व लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सेनाले पाल्पा खेलकुद प्रतियोगिताका लागि उर्वर भूमि रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रमा सबै गाउँपालिकाहरुले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम मन्चका अध्यक्ष माधवप्रसाद अर्यालको अध्यक्षता, श्रीनगर भलिबल क्लबका सचिव दिपक चौहानको स्वागत र खेलकुद पत्रकार मन्चका महासचिव विजयकुमार बौडेलको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय