
पाल्पा । नेपाली कांग्रेस पाल्पाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
दुई निर्वाचन क्षेत्र रहेको पाल्पाबाट कांग्रेसले निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ युवा नेता सन्दीप राना एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । यस्तै निर्वाचन क्षेत्र नं. २ बाट भने प्रदेश सभा सदस्य वीरबहादुर राना, पार्टी सभापती हिमालदत्त श्रेष्ठ र नेताहरु मीना पन्थी, कृष्णप्रसाद बस्याल र महेश्वरी कुँवरको नाम पनि सिफारिस गरिएको क्षेत्रीय सभापति मुक्तिराम जिसीले जानकारी दिनुभयो ।
हरेक निर्वाचन क्षेत्रबाट तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नु पर्ने भए पनि आकांक्षीको संख्या बढी भएकाले सर्वसम्मतिमै पाँच जनाको नाम सिफारिस गरिएको कांग्रेस पाल्पाले जनाएको छ ।









