क्याबिनेट बैठकको खर्च सार्वजनिक

पाल्पा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी एरिया २ को दोस्रो क्याबिनेट बैठकको खर्च सार्वजनिक गरिएको छ ।

गत कार्तिक २१ र २२ गते पाल्पाको तानसेनमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी एरिया २ को आतिथ्यतामा सम्पन्न दोस्रो क्याबिनेट बैठकको आयव्यय सार्वजनिक गरिएको हो ।

क्याबिनेट बैठकको खर्च विवरण सार्वजनिक गर्दै एरिया २ का एरिया चिफ गंगाबहादुर खत्रीले कार्यक्रममा कुल १४ लाख ५४ हजार १२३ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । उहाँले बैठक भव्य रुपमा सफल बनाउन प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्नुहुने सबेलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

सोही अवसरमा लायन्स क्लब अफ पाल्पा तानसेनका सदस्य टंकनाथ घिमिरेका ८ वर्षीय छोरा निश्चल घिमिरेको बेन ट्युमर उपचारार्थ लायन्स एरिया २ को पहलमा संकलित ४२ हजार ४८७ रुपैयाँ सहयोग रकम परिवारलाई हस्तान्तरण गरिएको पत्रकार राजेन्द्र लिगलले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय