
पाल्पा । रामपुर अरुणखोला भित्री पक्की सडक खण्डको निस्दी ४ चिउरीबासमा फोर्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा निस्दी ७ हुवासका ३६ वर्षीय हेम कुमारी सारु, ठोक्सिङबास की ४५ वर्षीय ओम कुमारी खाम्चा र अन्य एक जनाको सनाखत हुन बाँकी रहेको छ ।
अरुणखोलाबाट रामपुर तर्फ आउँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको र सवारी दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी होम प्रकाश चौधरीले जानकारी दिनुभयो ।







