अबैध युरिया मल बरामद

पाल्पा । जिल्ला प्रहरी कार्याल पाल्पाले अबैध युरिया मल बरामद गरेको जनाएको छ ।

बुधबार बगनासकाली गाउँपालिका ३ नं. वडा आर्यभञ्ज्याङमा रहेको प्रहरी चौकी आर्यभञ्ज्याङ पाल्पाबाट खटिएको प्रहरी टोलीले मल बरामद गरेको हो ।

सिद्धार्थ राजमार्ग सडक खण्डमा सवारी साधन चेक जाँच गर्ने क्रममा स्याङ्जाबाट बुटवल तर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ख ०९५९ नम्बरको मिनी ट्रकमा अबैध युरिया मल फेला परेपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचाना अधिकारी प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले जानकारी लिनुभयो ।

मिनी ट्रकमा बिना विल बिजक एक सय २० बोरा (६० क्वीन्टल) मल फेला परेको हो । कृषक युरिया वितरक कृषि सामग्री कम्पनी लिमिटेड कुलेश्वर काठमाण्डौ लेखेको युरिया मल देखिएपछि ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय