
पाल्पा । लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ पी, नेपालको दोस्रो क्याबिनेट बैठक कार्तिक २२ गते शनिबार तानसेनमा बस्ने भएको छ । बैठक तानसेन ५ कैलाशनगरमा रहेको श्रीनगर सांस्कृतिक डबलीमा बस्ने तयारी छ ।
शुक्रबार प्रि क्याबिनेट बैठक होटल द ह्वाइटलेकमा बस्ने छ भने शनिबारको पूर्ण क्याबिनेट बैठक श्रीनगर सांस्कृतिक डबली ( खुल्ला नाच घर) मा बस्ने तयारी गरिएको एरिया २ का चिफ गंगाबहादुर खत्रीले जानकारी दिनुभयो ।
बैठक बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोजकले पूर्व इन्टरनेशनल डाइरेक्टर लायन इ. सञ्जय खेतानको प्रमुख आतिथ्यतामा हुन लागेको बैठकमा देश तथा विदेशबाट ८०० जना लायन्सका सदस्यको सहभागिता रहने जनाउदै उत्प्रेरक तथा नेतृत्व विकासका सहजकर्ता नरबहादुर कार्कीले उत्प्रेरणात्मक प्रवचन दिने बताइएको छ ।
प्रि बैठकमा लायन्स वर्ष २०२५÷२०२६ जुलाई देखि अक्टोबरसम्ममा क्लब, जोन, रिजन, एरिया र डिस्ट्रिकले सम्पादन गरेका कामको समीक्षा गरिने छ । साथै आगामी योजनाका बारेमा छलफल गरिने छ । क्याबिनेट बैठकमा प्रि क्याबिनेटको समीक्षा, छलफल, सम्मान, उत्प्रेरणात्मक कार्यक्रम, छात्रवृत्ति वितरण गरिनेछ डिस्ट्रिक गभर्नर बालाराम भट्टराईले बताउनुभयो ।
बैठकमा सहभागी हुने सबै सदस्यलाई पाल्पाका पर्यटकीयस्थलको भ्रमण गराइने छ । बैठकले यहाँको समग्र ऐतिहासिक, सांस्कृतिक, धार्मिक स्थल, पर्यटकीय स्थल, प्राकृतिक पहिचान र कृषि उत्पादनलाई विश्व समुदायमा चिनाउनु सफल हुने विश्वास लिनुका साथै साथै स्थानीय पर्यटन र व्यवसायिक गतिविधि प्रवद्र्धनमा सघाउने विश्वास लिइएको छ ।
दुई दिने चल्ने बैठक सम्पन्न गर्नका लागि १५ लाख ९० हजार खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।









