नेकपा एमाले तानसेनको बैठक सम्पन्न

पाल्पा । नेकपा एमाले तानसेन नगर कमिटीको बैठक सम्पन्न भएको छ ।

बैठकले जनताले नरुचाएका काम छोड्ने, गल्तीप्रति माफि माग्ने र जनताले रुचाउने काम जनताकै सहभागितामामा गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । जसका लागि कार्तिक मसान्त भित्र तानसेनका सबै वडामा पार्टीसदस्यको पूर्ण सहभागितामा भेला गर्ने र सबैको कुरा सुन्नेर विकास र समृद्धिको यात्रामा क्रियाशील हुने निर्णय भएको नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष आत्रेयले पछिल्लो उत्पन्न परिस्थिति, अवस्था र आगामी दिनमा गनुपर्ने कामका विषयमा प्रस्तुति राख्नुभएको थियो ।

देशको पछिल्लो राजनीतिक परिस्थिति र त्यसले वडा तहमा पारेको प्रभावका विषयमा समीक्षासहित आगामी योजनाका विषयमा केन्द्रित बैठकमा सहभागीहरुले जनताको मनोभावना अनुरुप नेतृत्व अगाडि बढ्न नसक्दा समस्या आएको तानसेन ३ का वडाकमिटी अध्यक्ष कृष्णप्रसाद पाण्डेले बताउनुभयो । तानसेन १३ का वडाकमिटी सचिव भेषराज बस्यालले पार्टीका कुनै पनि तहका नेतृत्व सत्ताको लागि मरिहत्ते नगरी विकास र समृद्धिका पक्षमा सकारात्मक पहल गर्दा सबै नागरिकको मन जित्न सकिने बताउनुभयो ।

बैठकमा सहभागी वडा कमिटी अध्यक्ष तथा प्रतिनिधिहरुले जनताले महसुस गर्नेगरी उपलब्धिपूर्ण काम नभएको र भएका कामको प्रचार गर्न नसकिएकोले समस्या देखिएको तानसेन ११ का वडाकमिटी अध्यक्ष लक्ष्मण गोदारले बताउनुभयो । अहिले टोल, वडा भेलामा पार्टी सदस्यहरुकै सहभागिता न्यून हुने गरेको बताउदै उहाँले सदस्यहरुमा निरासा रहेको समेत बताउनुभयो । राजनीतिमा सेवाभाव हुनुपर्नेमा व्यवसाय जस्तो बन्दा जनतामा निरासा आएको बताउदै अब नयाँ पुस्तालाई समेटेर अगाडि बढ्नु पर्ने वडाकमिटी अध्यक्ष गोदारको भनाइ थियो ।

बैठममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुरप्रसाद गैरेले पछिल्लो परिस्थिति प्रति वडामा रहेको बुझाई, प्रतिक्रिया र अबस्था बुझन नगरकमिटीले राखेको बैठकले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले असोज १० गतेसम्म सबै पालिकामा बैठक सकेर ११ गते असोज जिल्ला कमिटीको बठैक बसी आगामी योजना तय गरिने बताउनुभयो । जेनजी आन्दोलनमा उठान भएका माग जाहेज भएको बताउदै एमाले पार्टी सधै सुशासन, विकास र समृद्धिका पक्ष रहेको नेता गैरेको भनाइ थियो ।

सम्बन्धित खवर