सामुदायिक रेडियो मुक्तिनाथ २१ वर्षमा प्रवेश

पाल्पा । पाल्पा सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित सामुदायिक रेडियो मुक्तिनाथ २१ वर्षमा प्रवेश गरेको छ । २०६१ साल असोज १ गते तानसेन कैलाशनगरबाट प्रशारण सुरु गरेको रेडियो अहिले रैनादेवी छहरा गाउँपालिका ४ अमलाबासबाट नियमित प्रशारण भैरहेको छ ।

श्रोतालाई ज्ञान, सूचना, शिक्षा, अभिप्रेरणा एवंम मनोरन्जन प्रदान गरी ग्रामीण भेगका जनताहरुको नेतृत्वदायी भूमिका खेलेको रेडियो मुक्तिनाथले दुरदराजमा रहेका नागरिकलाई सत्य तथ्य सूचना प्रवाह गर्दै आएको छ । अहिलेको कठिन अवस्थामा पनि रेडियोले निरन्तर जनतालाई सूचनाको हक प्रयोगमा सहज वातावरण तयार गराउदै आएको अध्यक्ष डुलबहादुर कुवँरले बताउनुभयो ।

सूचनाको हकलाई प्रभावकारी रुपमा आमजनता समक्ष तथ्य सहितको सत्य सूचना समयमा प्रवाह गरी जनतालाई सुशुचित गर्ने रेडियो सफल भएको रेडियोका स्टशेन प्रबन्धक भुवन रायमाझीले बताउनुभयो । उहाँले समुदायमा भैगरेको विकास निर्माण, सामाजिक परिर्वतनका कुरा, परम्परागत शैली, प्राकृतिक स्रोतको प्रयोग, किसानको पौरखका कुरा स्वयम व्यक्तिको सहभागिता उजागर गर्दै आएको समेत बताउनुभयो ।

दैनिक १८ घन्टा सञ्चालनमा रहेको रेडियो जिल्लाको पश्चिम भेगमा रहेको एक मात्र संचार गृह हो । समय अनुसार श्रोताको चाहना, आबश्यकतालाई मध्यनजर गरी विषयबस्तु समेटेर आफ्ना कार्यक्रम उत्पादन तथा प्रशारणमा केन्द्रित रेडियोले स्थापना दिवसको अबसरमा विज्ञापनदाता, श्रोता, सेयर सदस्य, सञ्चालक समिति तथा शुभेच्छुकहरु प्रति यो यात्रामा गरेको सहयोग र सहकार्यका लागि हार्दिक आभार सहित धन्यवाद प्रकट गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय